PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

पौडलको गिरफ्तारी सर्वसत्तावादको संकेत : देउवा, सरकारको देशब्यापी प्रतिरोध गर्ने चेतावनी



पहिलोपोस्ट

पौडलको गिरफ्तारी सर्वसत्तावादको संकेत : देउवा, सरकारको देशब्यापी प्रतिरोध गर्ने चेतावनी

काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई तत्काल रिहा गर्न माग गरेको छ।

पौडलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भन्दै कांग्रेसले घटना आपत्तिजनक एवं निन्दनीय भएको र सरकारको प्रवृत्तिविरुद्ध देशब्यापी प्रतिरोध गरिने जनाएको छ।

बुधवार साँझ विज्ञप्ति जारी गर्दै सभापति शेरबहादुर देउवाले पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक रहेको उल्लेख गरेका छन्।

‘सरकारको यो निन्दनीय ब्यवहारको भत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु,’ विज्ञप्तिमा भनिएको छ।

तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितिले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न जाँदै गर्दा पौडेलमाथि भएको घटनाको हिसाब किताब हुने पनि देउवाको भनाई छ।

देउवाले वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटनाप्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिष्टलाई पूरा हुन नदिन कांग्रेस एक ढिक्का भएर शसक्त प्रतिरोध गर्ने चेतावनी पनि दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell