PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

गैरकानुनी रुपमा दक्षिण अफ्रिका पुर्‍याई मानव बेचविखन गर्ने फरार अभियुक्त पक्राउ



पहिलोपोस्ट

गैरकानुनी रुपमा दक्षिण अफ्रिका पुर्‍याई मानव बेचविखन गर्ने फरार अभियुक्त पक्राउ

काठमाडौं : गैरकानुनी रुपमा दक्षिण अफ्रिका पुर्‍याई मानव बेचविखन गर्ने कार्यमा संलग्न फरार अभियुक्त ताप्लेजुङ गेंरिडदेन गाउँपालिका-४ घर भएका ४३ वर्षीय गणेश कुमार लोंवालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

उनले ३ जनालाई वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाईदिने प्रलोभनमा पारी गैरकानूनी तवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत, दुवई र कतार हुँदै साउथ अफ्रिकासम्म पुर्‍याई बिक्री गरी शारीरिक, मानसिक र आर्थिक शोषण गरी ४/५ महिनासम्म बन्धक बनाई राखेको खुल्न आएको छ।

पीडितहरु कोही नभएको मौका पारी भागेर नेपाली राजदूताबासमा पुगी दूताबासको समन्वयमा आफन्तहरुको सम्पर्कमा आई नेपाल फिर्ता भए पश्चाथत दिएको जाहेरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले अभियुक्त लोंवालाई काठमाडौं महाराजगञ्जबाट पक्राउ गरेको हो।

लोंवा उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell