PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

प्रधानमन्त्रीलाई गगनको चेतावनी : रामचन्द्र पौडेलको गिरफ्तारी तपाईँका लागि निकै महँगो पर्नेछ



पहिलोपोस्ट

प्रधानमन्त्रीलाई गगनको चेतावनी : रामचन्द्र पौडेलको गिरफ्तारी तपाईँका लागि निकै महँगो पर्नेछ

काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता गगन थापाले वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारी सरकारलाई महंगो पर्ने चेतावनी दिएका छन्। पौडेलमाथिको दुर्व्यवहार प्रधानमन्त्रीका लागि निकै महंगो पर्ने गगनको चेतावनी छ।

पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया भन्दा पनि नियोजित, राजनीतिक प्रतिशोध र शक्ति उन्माद भएको उल्लेख गर्दै थापाले घटनाले सरकारको चरित्रलाई उदाङ्गो बनाएको बताएका छन्।

सडक उद्घाटनको विषयलाई लिएर विवाद हुँदा पौडललाई तनहुँमा स्थानीय प्रशासनले नियन्त्रणमा लिएको थियो। पौडेल रिहा भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell