PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

एकदिवसीय सिरिजको तेस्रो खेलमा भारतको जित, सिरिज अस्ट्रेलियालाई



पहिलोपोस्ट

एकदिवसीय सिरिजको तेस्रो खेलमा भारतको जित, सिरिज अस्ट्रेलियालाई

अस्ट्रेलिया र भारतबीचको तीन खेलको एकदिवसीय सिरिजको अन्तिम खेलमा अस्ट्रेलियामाथि भारतले जित निकालेको छ। आज क्यानबेरामा भएको खेलमा भारतले १३ रनको जित निकाल्दै सिरिजमा सान्त्वना जित निकालेको हो। यद्यपि सिरिज भने अस्ट्रेलियाले २-१ ले जितेको।

आजको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित ५० ओभरमा निर्धारित ५ विकेट गुमाउँदै ३०२ रन बनायो। भारतका लागि हार्दिक पाण्ड्याले अभिजित सर्वाधिक ९२ रन बनाउँदा रबिन्द्र जडेजा ६६ रनमा अभिजित रहे। त्यस्तै ६३ रन बनाएका कप्तान बिराट कोहलीले १२ हजार रनको कोषेढुंगा पारगर्दै कीर्तिमानसमेत बनाए।

उता अस्ट्रेलियाका लागि एस्टोन एगरले सर्वाधिक २ विकेट लिँदा जोस हेजलउड, सिन एबोट र एडम जाम्पाले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको अस्ट्रेलिया २८९ रनमा समेटियो। अस्ट्रेलियाका लागि कप्तान आरोन फिन्सले सर्वाधिक ७५ रन बनाउँदा ग्लेन म्याक्सवेलले ५९ तथा एलेक्स केरीले ३८ रनको रनको महत्वपूर्ण योगदान दिए। यद्यपि लक्ष्य भेट्टाउन यो पर्याप्त हुन सकेन।

अस्ट्रेलियालाई लक्ष्यसम्म पुग्न नदिन भारतका सार्दुल ठाकुरले ३ विकेट लिँदा जसप्रित बुमराह र टी नटराजनले समान २/२ विकेट लिए। त्यस्तै कुलदीप यादव र रवीन्द्र जडेजाले १/१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell