काठमाडौं : नेपाली क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने कोरोना संक्रमणमुक्त भएका छन्। पछिल्लो समय ह्याम्स अस्पताल भर्ना भएका लामिछानेले आज सामाजिक सञ्जालमार्फत आफू कोरोना संक्रमणमुक्त भएको जानकारी गराएका हुन्।
‘झण्डै १० दिनको आइसोलेसन बसाइपछि मेरो कोभिड-१९ परीक्षणमा नेगेटिभ नतिजा आएको जानकारी गराउन चाहन्छु,’ लामिछानेले मैदानमा उत्रिन आफू आतुर भएको जनाउँदै लेखेका छन्, ‘म मैदानमा उत्रिएर मेरो टिमका लागि मैले सक्ने योगदान गर्न आतुरु छु। आईएम ब्याक! यस! आईएम ब्याक!’
Hi everyone. This is to inform you all that after almost 10 days of isolation, i have been tested negative for the...
Posted by Sandeep Lamichhane on Wednesday, December 2, 2020
उनले आफूलाई स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद पनि दिएका छन्।
