PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

कांग्रेसका वरिष्ठ नेता पौडेललाई गिरफ्तार गरिएको विरोधमा माइतीघरमा प्रदर्शन

कांग्रेसका वरिष्ठ नेता पौडेललाई गिरफ्तार गरिएको विरोधमा माइतीघरमा प्रदर्शन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गिरफ्तार गरिएको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको छ।

बुधवार व्यास १ र ११ जोड्ने पक्की पुल उद्घाटन कार्यक्रमका क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अवरोध गरेको तथा प्रहरीले गिरफ्तार गरेको विरोधमा कांग्रेस निकट युवाले माइतीघरमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा प्रहरी र संघका कार्यकर्ताबीच केही बेर घम्साघम्सी समेत भएको थियो।

प्रशासन लगाएर उद्घाटन रोक्ने प्रयास भएपछि त्यसको विरोधमा पौडेलले जनस्तरीय भेलालाई सम्बोधन गर्ने तयारी गरेका थिए। त्यहीक्रममा प्रहरीले पौडेललाई नियन्त्रणमा लिएको थियो।

व्यास नगरपालिकाले उक्त पुल आज दिउँसो १ बजे वरिष्ठ नेता पौडेलबाट उद्घाटन गर्ने कार्यक्रम राखेको र नेकपा निकट राष्ट्रिय युवा संघले रोक्नुपर्ने भनेपछि पुल उद्घाटन विवाद भएको थियो। पुल उद्घाटन रोक्न प्रशासनले सो क्षेत्रमा १२ बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा लगाएको थियो।

बुधवार साँझ जिल्ला प्रहरी कार्यालय तनहुँले उनलाई रिहा गरेको छ। गण्डकी प्रदेश प्रहरी कार्यालयले भने नेता पौडेलको सुरक्षाका लागि उनलाई प्रहरी कार्यालयमा राखिएको दावी गरेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell