PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

गण्डकी प्रदेशमा ११७ जना कोरोना संक्रमित थपिए, दुई जनाको मृत्यु



रासस

गण्डकी प्रदेशमा ११७ जना कोरोना संक्रमित थपिए, दुई जनाको मृत्यु

पोखरा : गण्डकी प्रदेशमा ११७ जना कोरोना संक्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका-१४ का ४८ वर्षीया महिला र नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका-१४ का ७८ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए।

यीसँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १६२ पुगेको छ।

बुधवार थपिने संक्रमितमा सबैभन्दा बढी कास्कीका ३५ जना छन्। त्यस्तै, लमजुङका २५, तनहुँका २३, गोरखाका १७, बाग्लुङका १०, पर्वतका तीन, स्याङ्जाका दुई तथा नवलपरासी (बर्दघाट सुस्तापूर्व) र मुस्ताङका एकएक जना रहेको निर्देशनालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell