PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

युभेन्टसको सहज जित, फ्रापार्टले बनाइन् इतिहास



पहिलोपोस्ट

युभेन्टसको सहज जित, फ्रापार्टले बनाइन् इतिहास

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह ‘जी’ को खेलमा युभेन्टसले डाइनामो केइभमाथि सहज जित निकालेको छ। युभेन्टस स्टेडियममा भएको खेलमा घरेलु टोलीले केइभमाथि ३-० को सहज जित निकालेको हो।

खेलमा फेडेरिको छिएसाले खेलको २१ औं मिनेटमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको युभेन्टसका लागि दोस्रो हाफमा क्रिस्टियानो रोनाल्डोले अर्को गोल थपे। उनले अल्भेरो मोराटाको पासमा ५७ औं मिनेटमा गोल गरेका थिए। त्यस्तै मोराटाले ६६ औं मिनेटमा गोल गर्दा युभेन्टसले ३-० को सहज जित निकाल्यो।

उक्त खेलमा रेफ्री थिइन् स्टेफानी फ्रापार्ट। पुरुषतर्फ युईएफए च्याम्पियन्स लिगमा उनी पहिलो महिला रेफ्री बन्दै इतिहास बनाइन्।

त्यस्तै गएराति नै भएको समूह जी कै अर्को खेलमा बार्सिलोनाले फेरेन्कभारोसमाथि ३-० को जित निकाल्यो।

समूहमा १५ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ भने १२ अंक बनाएको युभेन्टस दोस्रो स्थानमा छ। दुबै टोली अन्तिम १६ मा प्रवेश गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell