PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

फिल्म 'डिसेम्बर फल्स'का लागि उपासना सिंह ठकुरी अनुबन्धित, माघदेखि छायाँकन



पहिलोपोस्ट

फिल्म 'डिसेम्बर फल्स'का लागि उपासना सिंह ठकुरी अनुबन्धित, माघदेखि छायाँकन

काठमाडौं : दुई साताअघि घोषणा गरिएको फिल्म ‘डिसेम्बर फल्स’का लागि अभिनेत्री अनुबन्धित भएकी छिन्। उपासना सिंह ठकुरी अभिनेता आर्यन सिग्देलको अपोजिटमा देखिने भएकी हुन्।

‘क्याप्टेन’ फिल्मबाट डेब्यु गरेकी उपासनाले ‘कबड्डी कबड्डी कबड्डी’ मा अभिनय गरेकी छिन्।

सस्पेन्स लभस्टोरी माथि बन्ने 'डिसेम्बर फल्स'लाई भारतीय फिल्मकर्मी प्रवीण झाले निर्देशन गर्नेछन्।

रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्ममा अन्य कलाकार सलोन बस्नेत, सुमन थापा, नागेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारले अभिनय गर्नेछन्।

‘डिसेम्बर फल्स’लाई भारतीय फिल्म उद्योगमा सक्रिय छायाँकार रबि नायडुले खिच्नेछन्। फिल्मको कथा बिपीका खनालले लेखेकी हुन्। फिल्मको पटकथा र संवाद भने केदार भुसालले तयार पारेका हुन्।

माघ ४ गतेदेखि फिल्म युनिट छायाँकनका लागि निस्कनेछ।

२०७८ सालको साउन १ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्मका गीतमा दीपक शर्मा र कोसिस क्षेत्रीको संगीत रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell