PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मन्त्रिपरिषद् बैठक अघि प्रधानमन्त्रीले गरे राष्ट्रपतिसँग छलफल



पहिलोपोस्ट

मन्त्रिपरिषद् बैठक अघि प्रधानमन्त्रीले गरे राष्ट्रपतिसँग छलफल

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्। ओली राष्ट्रपति भण्डारीलाई भेटन विहान शीतल निवास गएका थिए। बिहीवारको नियमित मन्त्रिपरिषदको बैठक अघि ओलीले राष्ट्रपतिलाई भेटेका हुन्।

प्रधानमन्त्री र राष्ट्रपतिबीच भेट भएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाइले जानकारी दिए। उनले राष्ट्रपतिसँगको भेट नियमित भेट भएको बताए। 'भेट भएको हो। भेट नियमित हो,' उनले भने।

आजै ४ बजे मन्त्रिपरिषदको बैठक बस्दै छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकको आवश्यकता नभएको भन्दै बुधवारको बैठकमा उनी उपस्थित भएका थिएनन्।

नेकपाभित्र बिवाद बढदै गएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ओलीको राजनीतिक प्रस्ताव सचिवालयमा पेश भएको छ।

ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल समूहले ओलीको राजीनामा मागेको छ। यो समूहले पार्टी कमिटीमा आफ्नो बहुमत भएको भन्दै बहुमतको निर्णय गरेर भए पनि निष्कर्षमा पुग्ने अडान राखेको छ।

ओलीले भने महाधिवेशन सम्म नेतृत्व हस्तान्तरण गर्न नसकिने भन्दै बहुमतको निर्णय मान्ने नहुने बताइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell