PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

प्रहरी हिरासतमा परेर छुटेका पौडेलले २४ घण्टापछि गरे तनहुँमा पुल उद्घाटन



पहिलोपोस्ट

प्रहरी हिरासतमा परेर छुटेका पौडेलले २४ घण्टापछि गरे तनहुँमा पुल उद्घाटन

काठमाडौं:  नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा बिहीवार पुल उदघाटन गरेका छन्।

बुधवार पुल उद्घाटनका क्रममा ब्यास नगरपालिकाको तालघरेममा पौडेललाई प्रहरीले पक्राउ गरेको थियो। पौडेलले बिहीवार पुल उद्घाटन गरेको बताएका छन्।

उनले आज कार्यकर्ताको बाक्लो उपस्थितिका कारण प्रहरीले हस्तक्षेप गर्न नसकेको उल्लेख गरेका छन्।

फेसबुकमा स्टाटस लेख्दै पौडेलले शक्तिको दुरुपयोग गरी आफूलाई पुल उद्घाटन गर्नबाट बुधवार रोकिएको टिप्पणी गरेका छन्।

पुल उद्घाटन गर्न जाँदा बुधवार प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। 

'सत्ता र शक्तिको दुरुपयोग गरि उपभोक्ता समिती , स्थानीय सरकार र स्थानीय जनताको माग र इच्छा विपरीत तनहुँको कार्यक्रम रोक्ने काम भयो,' उनले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell