PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

‘एमएको परीक्षा दुई घण्टामात्र हुन्छ भन्ने खबर झुटो’



पहिलोपोस्ट

‘एमएको परीक्षा दुई घण्टामात्र हुन्छ भन्ने खबर झुटो’

काठमाडौं: त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर (एमए) परीक्षा दुई घण्टामात्रै हुने सूचना हल्ला मात्रै भएको मानविकी तथा समाजशास्त्र संकायले जनाएको छ।

सहायक डिन प्राध्यापक तारा प्रसाद भुसालले मानविकी संकायमा परीक्षा समय दुई घण्टा कायम गर्ने भनेर कुनै निर्णय नभएको जानकारी दिए। ‘हाम्रोतिर कुनै पनि निर्णय भएको छैन। दुई घण्टा मात्रै हुने भन्ने खबर झुटो हो। विद्यार्थीलाई नअल्मलिन आग्रह गर्छु,’ उनले भने।

भुसालले एमएको परीक्षा ३ घण्टा नै हुने पनि स्‍पष्ट पारेका छन्।

गोरखापत्र दैनिकले एमएको परीक्षा दुई घण्टा हुने भन्दै समाचार प्रकाशित गरेपछि तयारी गरिरहेका विद्यार्थी अन्यौलमा परेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell