काठमाडौं: बिहीवार १ हजार ३ सय ४३ जना कोभिड-१९ संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १३४३ जनामा संक्रमण पुष्टि भएको हो।
२ हजार १ सय ११ जना संक्रमण मुक्त भएका छन्।
हालसम्म नेपालमा जम्मा संक्रमित संख्या २ लाख ३७ हजार ५ सय ८९ छ। आज १३ जना संक्रमितको निधन भएसँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ५ सय ५१ छ।
