काठमाडौं: नेपाल महिला संघले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेको छ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहार र गिरफ्तारीको भत्सर्ना गर्दै संघले दोषीमाथि कडा कारवाही तथा गृहमन्त्रीको राजीनामा माग गरेको हो।
अध्यक्ष उमा रेग्मीले जारी गरेको विज्ञप्तिमा घटनालाई लोकतन्त्रको खोल ओडेर गरिएको बर्बर तानाशाही आक्रमण र लोकतन्त्रमाथिको प्रहार भन्दै यस्तो कदमविरुद्ध सडक आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ।
