PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

कोरोना संक्रमणका कारण भेरी अस्पतालमा उपचाररत एक जनाको मृत्यु



रासस

कोरोना संक्रमणका कारण भेरी अस्पतालमा उपचाररत एक जनाको मृत्यु

राँझा : नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको बिहीवार बिहान मृत्यु भएको छ।

कोहलपुर नगरपालिका-२ बाँके निवासी ७४ वर्षीय वृद्धको उपचारकै क्रममा बिहीवार बिहान मृत्यु भएको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिए।

उनका अनुसार यही मंसिर ६ गते अस्पताल भर्ना भएका ती पुरुषमा कोरोना संक्रमण देखिएको थियो। रोगको प्रकृतिअनुसार सबै उपचार विधि अपनाउँदासमेत स्वास्थ्यमा सुधार नभई मृत्यु भएको बताइएको छ। योसँगै कोरोना संक्रमणका कारण बाँकेमा ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell