PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

कोरोना बीमाको रकम भुक्तानीबारे अर्थको दोस्रो निर्देशन, 'तीन दिनभित्र भुक्तानी दिनू'



पहिलोपोस्ट

कोरोना बीमाको रकम भुक्तानीबारे अर्थको दोस्रो निर्देशन, 'तीन दिनभित्र भुक्तानी दिनू'

काठमाडौंः अर्थ मन्त्रालयले कोरोना बीमा मागदाबी तीन दिनभित्र भुक्तानी दिन निर्देशन दिएको छ। मन्त्रालयले यसअघि दिएको निर्देशनको पालना नभएपछि पुनः निर्देशन दिएको हो।

मन्त्रालयमा यसअघि कात्तिक १८ गते बसेको बैठकले सात दिनभित्र बीमा दाबी भुक्तानी गर्ने निर्देशन दिएको थियो। मन्त्रालयले हालसम्म न्यून संख्यामा मात्र भुक्तानी भएको, दैनिक प्रगति प्रतिवेदन नियमित रुपमा मन्त्रालयमा प्राप्त नभएको बताएको छ।

कोरोना बीमा मापदण्ड बमोजिम प्रक्रिया तथा कागजात पूरा भएका दाबीहरुको भुक्तानी ३ दिनभित्र गरी दैनिक रुपमा मन्त्रालयमा जानकारी गराउन निर्देशन दिएको छ। यस्तै भेरिफिकेशन गर्न बाँकी दावीको भेरीफिकेशन यथाशीघ्र सम्पन्न गरी भुक्तानी दिने व्यवस्था मिलाउन मन्त्रालयले भनेको छ ।

यसैगरी कोरोना बीमा दाबी भुक्तानीका सम्बन्धमा विभिन्न बीमा कम्पनीहरुबाट प्राप्त दावी भुक्तानीमा के कस्ता समस्या देखिएका छन्? हाल कुन कन बीमा कम्पनीमा कति संख्यामा दावी परेको विवरण पेन्डिङ रहेको छ? सो को विवरण र समस्या समाधानका लागि त्यस समितिबाट के प्रयास भैरहेको छ? यस मन्त्रालयबाट सहजीकरणका लागि पहल गर्नु पर्ने विषयहरु के के हुन? यसको विस्तृत विवरण मन्त्रालयमा पठाउन समितिलाई मन्त्रालयले निर्देशन दिएको छ ।

यसैगरी कोरोना बीमाको हालसम्मको दावी संख्या, कागजात पूरा भएका दावी संख्या, भेरिफिकेशन लागि स्वास्थ सेवा विभागमा पठाएको संख्या, भेरिफिकेशन नभएका वा नक्कली दावीको विवरण, दाबी भुक्तानीको विवरण बुझाउन निर्देशन दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell