PahiloPost

May 14, 2025 | १ जेठ २०८२

तनहुँ घटनाविरुद्ध माइतीघरमा तरुण दलको विरोध प्रदर्शन

तनहुँ घटनाविरुद्ध माइतीघरमा तरुण दलको विरोध प्रदर्शन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : बुधवार तनहुँमा पुल उद्घाटन गर्ने क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गिरफ्तार गरिएको विरोधमा बिहीबार पनि तरुण दलले माइतीघरमा प्रदर्शन गरेको छ।

बुधवार व्यास १ र ११ जोड्ने पक्की पुल उद्घाटन कार्यक्रमका क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अवरोध गरेको तथा प्रहरीले गिरफ्तार गरेको विरोधमा नेविसंघले माइतीघरमा प्रदर्शन गरेका हुन्। बुधवार पनि तरुण दलले माइतीघरमा विरोध प्रदर्शन गरेको थियो।

नेपाल कांग्रेसले पौडेलाई पक्राउ गरेकोमा देशभर विरोध प्रदर्शन गरेको हो। पौडेललाई बुधवार नै रिहा गरिएको थियो।

बुधवार उद्घाटन गर्न रोकिएपनि बिहीबार भने पौडेलले उक्त पुल उद्घाटन गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell