PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

के उपमेयरको गाडी जलाउने प्रयास भएको हो?



रासस

के उपमेयरको गाडी जलाउने प्रयास भएको हो?

झापा : नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) झापाका सभापति राजेन्द्र उप्रेतीले केन्द्रको निर्देशनानुसार सरकारी गाडीहरुलाई चलाउन नदिने क्रममा बिहीबार मेचीनगरका उपप्रमुख मीना उप्रेती चढेको गाडी कार्यकर्ताहरुले रोकेको स्वीकार गरेका छन्। यद्यपि उपप्रमुखले दावी गरेजस्तो सरकारी गाडी जलाउन नखोजेको उनले बिहीबार साँझ प्रेस विज्ञप्तिमार्फत उल्लेख गरेका छन्।

नेविसङ्घ झापाका सभापति उप्रेतीले बुधवार तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले गिरफ्तार गरेको विरोधमा सङ्घको केन्द्रीय कार्यक्रमअनुसार बिहीवार देशैभरि सरकारी गाडी चल्न नदिने निर्णय भएको विज्ञप्तिमा उल्लेख गरेका छन्।

मेचीनगर नगरपालिका–१३ चारआलीस्थित पूर्व पश्चिम राजमार्गमा मे१झ १७२ नंको सरकारी गाडीमा रहेकै अवस्थामा नेविसङ्घको कार्यकर्ता बताउने दुई व्यक्तिले पेट्रोल छर्केर आफूलाई जलाउन खोजेको उपप्रमुख उप्रेतीले बताउँदै आएकी छिन।

नेपाल आयल निगम चारआली डिपोको कार्यक्रममा सहभागी भएर नगरपालिका कार्यालयतर्फ फर्किरहेको बेला बिहीवार अपराह्न ३ बजेतिर आफू सवार गाडीमा आगजनीको प्रयास भएको उपप्रमुख उप्रेतीको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell