PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'जुगजुग जिओ'को निर्देशकसहित ३ कलाकार कोरोना संक्रमित, छायाँकन स्थगित



पहिलोपोस्ट

'जुगजुग जिओ'को निर्देशकसहित ३ कलाकार कोरोना संक्रमित, छायाँकन स्थगित

बलिउड कलाकारहरू अनिल कपुर, नीतु कपुर र वरुण धवनलाई कोभिड-१९ को संक्रमण देखिएको छ। फिल्म 'जुगजुग जिओ'को छायाँकनका क्रममा उनीहरूलाई संक्रमण पुष्टि भएको थियो।

१ महिना यता फिल्मको छायाँकन प्रभावित भएको टाइम्स अफ इन्डियाले जनाएको छ। फिल्मका निर्देशक राज मेहतालाई पनि संक्रमण देखिएको थियो। नीतुले आफूहरू स्वस्थ र सुरक्षित रहेको बताउँदै इन्स्टाग्राममार्फत् जानकारी समेत दिएकी थिइन्। 

 कलाकारहरू पूर्ण रुपले ठीक भएपछि मात्र काम अघि बढ्ने जनाइएको छ। फिल्म जुगजुग जिओमा वरुण र कायरा अद्वानी जोडीका रुपमा प्रस्तुत हुँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell