PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

फरार बलात्कारी ६ वर्षपछि पक्राउ, अदालतले गरेको थियो तीन वर्ष कैद फैसला



रासस

फरार बलात्कारी ६ वर्षपछि पक्राउ, अदालतले गरेको थियो तीन वर्ष कैद फैसला

पाँचथर : प्रहरीले एक बलात्कार आरोपीलाई ६ वर्षपछि पक्राउ गरेको छ। १४ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका मिक्लाजुङ गाउँपालिका–२ का २५ वर्षीय उत्तम शेर्मालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार शेर्मा २०७१ असोज २१ गतेदेखि फरार थिए। सो अभियोगमा उनलाई जिल्ला अदालतले तीन वर्ष कैद सजायको फैसला गरेको छ। गाउँमै लुकीछिपी बसेका अवस्थामा शेर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनलाई जिल्ला अदालतको आदेशले कैद भुक्तानीका लागि जिल्ला कारागार चलान गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell