PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

हल खुल्ने अनिश्चितता बीच 'वार्नर ब्रोज'का फिल्महरू अनलाइन स्ट्रिमिङ प्ल्याटफर्ममा



पहिलोपोस्ट

हल खुल्ने अनिश्चितता बीच 'वार्नर ब्रोज'का फिल्महरू अनलाइन स्ट्रिमिङ प्ल्याटफर्ममा

वार्नर ब्रोजले आफ्नो निर्माण रहेको सम्पूर्ण फिल्म हल प्रदर्शन लगत्तै स्ट्रिमिङ साइटमा उपलब्ध गराउने भएको छ। जसका कारण हलिउड स्टुडियो र अमेरिकी सिनेमा घरहरू बीचको तनाव बढ्ने बीबीसीले जनाएको छ। ्

यस निर्णयले दर्शकलाई प्रदर्शनको तयारीमा रहेको साइन्स फिक्सन ड्यून र मेट्रिक्स सिक्वेल एचबीओ म्याक्समा एकसाथ हेर्न सहज हुनेछ।

यसअघि प्रदर्शन हुने नयाँ फिल्म महिनौंसम्म सिनेमा घरमा उपलब्ध हुन्थे। तर, कोभिड-१९ संक्रमण नियन्त्रणका लागि सिनेमा घरहरू बन्द छन्। अमेरिकामा बढ्दो संक्रमण र मृत्युदरका कारण तत्काल सिनेमा घरहरू नखुल्ने निश्चित छ।

सन् २०२१ मा वार्नर ब्रोजको सम्पूर्ण फिल्म एचबिओ म्याक्समार्फत् नै सार्वजनिक हुनेछन्। यसअघि 'वन्डर वुमन १९८४' पनि स्ट्रिमिङ प्लाटफर्ममार्फत् नै रिलिज गर्ने बताइएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell