PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

धनगढीमा उपचाररत कैलालीका संक्रमित पुरुषको मृत्यु, सुपमा कोरोनाबाट मर्नेको संख्या ५६ पुग्यो



पहिलोपोस्ट

धनगढीमा उपचाररत कैलालीका संक्रमित पुरुषको मृत्यु, सुपमा कोरोनाबाट मर्नेको संख्या ५६ पुग्यो

कैलाली : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ३ का ७६ वर्षीय पुरुषको धनगढीस्थित अस्थायी कोरोना अस्पतालमा मृत्यु भएको हो।

मङ्सिर १४ गते अस्पताल भर्ना भएका उनको उपचारका क्रममा शुक्रबार मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।

उनी दम रोगबाट समेत ग्रसित रहेको अस्पतालले जनाएको छ। योसँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell