कैलाली : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ।
जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ३ का ७६ वर्षीय पुरुषको धनगढीस्थित अस्थायी कोरोना अस्पतालमा मृत्यु भएको हो।
मङ्सिर १४ गते अस्पताल भर्ना भएका उनको उपचारका क्रममा शुक्रबार मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।
उनी दम रोगबाट समेत ग्रसित रहेको अस्पतालले जनाएको छ। योसँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ।
