PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

थप १२७२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि, १६ जनाको मृत्यु



पहिलोपोस्ट

थप १२७२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि, १६ जनाको मृत्यु

काठमाडौं: पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार २७२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोभिड-१९ को संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ३८ हजार ८६१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १६ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या एक हजार ५६७ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ५७५ जना कोभिड-१९ संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने संक्रमितको संख्या दुई लाख २१ हजार ८४७ पुगेको छ।

हाल नेपालमा १५ हजार ४४७ सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell