PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

'हरितारा चलचित्र पुरस्कार' कलाकारहरू कृष्ण मल्ल, मदनदास श्रेष्ठ र सहदेव ढुंगानालाई



पहिलोपोस्ट

'हरितारा चलचित्र पुरस्कार' कलाकारहरू कृष्ण मल्ल, मदनदास श्रेष्ठ र सहदेव ढुंगानालाई

काठमाडौं : ०७५ सालको 'हरितार चलचित्र पुरस्कार' चलचित्रकर्मीं कृष्ण मल्ल र नाट्यकर्मी अभिनेता मदनदा श्रेष्ठलाई दिइने भएको छ। त्यस्तै २०७६ सालको सोही पुरस्कार गीतकार सहदेव ढुंगानालाई दिइने छ।

२०५२ सालमा समाजसेवी विजया राणा (तारा नानी)ले आफ र आफ्ना पति हरि शम्शेरको नाममा स्थापना गरेको यस पुरस्कारलाई चलचित्र क्षेत्रको पहिलो पुरस्कार मानिन्छ।

वर्ष २०७५ का लागि ४ दशक भन्दा बढी समय नेपाली फिल्‍म क्षेत्रको उत्थान, संरक्षण र पेशाकर्मीको हक हितका लागि खर्चेका कृष्ण मल्ल नेपाली कला संस्कृती, रंगमञ्च, रेडियो नाटक देश विदेशमा पुर्‍याउन योगदान गरेका मदनदा श्रेष्ठलाई पुरस्कृत गरिने छ।

वर्ष २०७६ सालको पुरस्कार ४ दशक भन्दा बढी समयदेखि गीत रचनाको माध्यमबाट नेपाली कला संस्कृती एवं गीत संगीत र चलचित्र क्षेत्रको उत्थानका लागि योगदान पुर्‍याएका सहदेव ढुंगानालाई दिन लागिएको हो।

पुरस्कार रकम जनही २५-२५ हजार रहेको छ।

परिवर्तन नेपालको बैठकले २०७६ सालको श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार संचारकर्मी राजेश खनाल र अभिनेत्री सपना श्रेष्ठलाई दिने निर्णय गरेको छ। पुरस्कार रकम दश-दश हजार रहेको छ। त्यस्तै परिवर्तन सम्मान २०७६ बाट नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव मोहन पन्त, निर्देशक÷अभिनेता विश्वदीप घिमिरे र निर्देशक÷अभिनेता, संचारकर्मी माधवराज खरेललाई गर्ने निर्णय गरेको छ।

डब्लुएचओ र नेपाल सरकारको स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर पुको दोस्रो साता दुवै पुरस्कार तथा सम्मान वितरण गरिने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell