PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

मुकेश चौरसिया हत्या प्रकरण: दुई आरोपित पुर्पक्षका लागि थुनामा, तीन जना रिहा



राधेश्याम पटेल

मुकेश चौरसिया हत्या प्रकरण: दुई आरोपित पुर्पक्षका लागि थुनामा, तीन जना रिहा

वीरगंज: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्साका जिल्ला सदस्य मुकेश चौरसियाको हत्या आरोपित ५ जनामध्ये दुई जनालाई पर्सा जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाइएको छ। अन्य तीनमध्ये  दुई धरौटीमा र एक जना साधारण तारेखमा रिहा भएका छन्।

न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले आरोपितमध्ये अशेश्वरप्रसाद चौरसिया र निरञ्जन तिवारीलाई थुनामा राखेर मुद्दाको बाँकी प्रक्रिया अघि बढाउन आदेश दिएको हो। चौरसिया र तिवारीले मुकेशको टाउकोमा भाटाले हानेको भिडियोबाट खुलेको थियो। 

यस्तै देवा सहनी मलाह र हनिफ मियाँ जोलहा जनही दुई लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। आरोपित सोबद्दिन आलमलाई अदालतले साधारण तारेखमा रिहा गरेको छ। पर्सा जिल्ला अदालतमा मंसिर १६ र १७ थुनछेक भएको थियो। 

कात्तिक ५ गते विन्दावासिनी ५ प्रसौनीभाठामा भएको द्धिपक्षीय झडपमा घाइते मुकेशको एक दिनपछि एलएस न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

घटनापछि मुकेशका भाई महेशले १२ जनाविरुद्ध दिएको जाहेरी दिएका थिए। सुरुमा प्रहरीले जाहेरी इन्कार गरेपछि जिल्ला सरकारी वकिल कार्यालयको आदेशमा कात्तिक १३ गते किटानी जाहेरी दर्ता भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell