PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

टी २० सिरिजको पहिलो खेलमा अस्ट्रेलिया पराजित



पहिलोपोस्ट

टी २० सिरिजको पहिलो खेलमा अस्ट्रेलिया पराजित

भारत र अस्ट्रेलियाबीचको तीन खेलको टी २० सिरिज अन्तर्गत आज भएको पहिलो खेलमा भारतले जित निकालेको छ। क्यानबेरा स्टेडियममा भएको खेलमा भारतले अस्ट्रेलियामाथि ११ रनको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको थियो। भारतका लागि केएल राहुलले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५१ रन बनाए। त्यसबाहेक रबीन्द्र जडेजाले अभिजित ४४ रन बनाउँदा सञ्जु सामसनले २३ रन तथा हार्दिक पाण्ड्याले १६ रन बनाए।

उता अस्ट्रेलियाका लागि मोइसेस हेनरिक्सले सर्वाधिक ३ विकेट लिँदा मिचेल स्टार्कले २ विकेट र एडम जाम्पा र मिचेल स्वीपसनले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको अस्ट्रेलिया १५० रनमा सीमित भयो। अस्ट्रेलियाका लागि कप्तान आरोन फिन्सले सर्वाधिक ३५ रन बनाउँदा डार्सी सर्टले ३४ तथा मोइसिस हेनरिक्सले ३० रन बनाए।

त्यसबाहेक अन्य ब्याट्सम्यानले महत्वपूर्ण योगदान दिन नसक्दा अस्ट्रेलिया लक्षसम्म पुग्न सकेन। अस्ट्रेलियालाई रोक्न टी नटराज र युजवेन्द्र चहलले समान ३/३ विकेट लिए। त्यस्तै दीपक चहरले १ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell