PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

खोपभन्दा मास्कमा बढी जोड दिँदै जो बाइडन



पहिलोपोस्ट

खोपभन्दा मास्कमा बढी जोड दिँदै जो बाइडन

अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले अमेरिकी नागरिकहरूले कोरोना भाइरसविरुद्धको खोप अनिवनर्य लगाउन नपर्ने बताए। उनले मास्कको प्रयोगलाई प्रोत्साहित गरेका छन्। राष्ट्रपतिका रुपमा आफ्नो पहिलो दिनदेखि सय दिनसम्म सबै अमेरिकीलाई अनिवार्य मास्क लगाउन आग्रह समेत गरेका छन्।

बीबीसीका अनुसार सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी)ले पनि मास्कको प्रयोग अनिवार्य गर्न निर्देशन दिएको छ। घरभित्र रहँदा बाहेक जस्तो सुकै स्थितिमा पनि मास्क लगाउन भनिएको हो।

सिडिसीले भनेको छ ,'अमेरिका कोभिड-१९ संक्रमणको उच्च जोखिममा परेको छ।'

शुक्रवार मात्र २ हजार ५ सय अमेरिकी कोरोना भाइरस संक्रमणकै कारण मरे। करिव दुई लाख २५ हजारमा संक्रमण पुष्‍टि भयो। कुल दुई लाख ७८ हजारभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन्।

जो बाइडन जनवरीको २० देखि कार्यभार सम्हाल्दै छन्। उनले उक्त समारोह भिडरहित हुने विषयमा जोड दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell