PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

रसियामा सुरु भयो कोभिड-१९ विरुद्ध खोप लगाउने कार्यक्रम



पहिलोपोस्ट

रसियामा सुरु भयो कोभिड-१९ विरुद्ध खोप लगाउने कार्यक्रम

रसियामा कोभिड-१९ विरुद्ध खोप लगाउने कार्यक्रम सुरु भएको छ। पहिलो चरणमा त्यहाँको राजधानी मस्कोमा संक्रमणको उच्च जोखिममा रहेकाहरूलाई खोप लगाउन थालिएको हो।

रसियामै बनेको खोप 'स्पुट्निक भी' अगस्टमा दर्ता भएको थियो। उत्पादकहरूले उक्त खोप ९५ प्रतिशत सुरक्षित भएको बताएका छन्। जसले कुनै पनि किसिमको असर गर्ने उनीहरूको दावी छ। खोप अझै परीक्षण भइरहेको छ।

हजारौं मानिसले खोप लगाउनका लागि नाम दर्ता गराएको बीबीसीले जनाएको छ। रसियाले कति मात्रामा खोप उत्पादन गर्न सक्छ भन्ने विषय चाहिं प्रष्ट छैन। उत्पादकले यस वर्षको अन्त्यसम्ममा २० लाख खोप बनाउने बताएको छ।

मस्कोका मेयर सर्गेइ सोब्यानिनले खोप कार्यक्रम यसै साता घोषणा गरेका हुन्। सुरुवाती चरणमा स्वास्थ्य र शिक्षा क्षेत्रमा सक्रिय एवं सामाजिक कार्यमा लागेकाहरूले खोप पाउनेछन्। १८ देखि ६० वर्ष उमेर समूहकाले खोपका लागि आवेदन दिन पाउनेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell