PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

व्यवसायमा सक्रिय शिल्पा शेट्टी, बलिउड सेलिब्रेटीका लागि खोलिन् रेस्टुरेन्ट



पहिलोपोस्ट

व्यवसायमा सक्रिय शिल्पा शेट्टी, बलिउड सेलिब्रेटीका लागि खोलिन् रेस्टुरेन्ट

बलिउड अभिनेत्री शिल्पा शेट्टीले मुम्बईमा नयाँ रेस्टुरेन्ट सञ्चालनमा ल्याउने भएकी छिन्। हाल उनी आफ्नो नयाँ व्यवसायको सामाजिक सञ्जालमार्फत्‍ प्रचार प्रसार गर्दैछिन्।

एबिपी न्यूजका अनुसार उक्त रेस्टुरेन्ट बलिउड सेलिब्रेटीहरूका लागि 'ह्याङ्ग आउट' गर्ने ठाउँ बन्ने विश्वास लिएकी छिन्। त्यहाँको फोटो सेयर गर्दै उनले लेखेकी छिन्,'र अब यो तयार छ।' एक तस्विरमा भने उनी पति राज कुन्द्र, अभिनेता रितेश देशमुर र अभसनेत्री जेनेलिया डिसूजासँग छिन्। उनीहरू शिल्पाका पहिलो अतिथी हुन्।

मुम्बईको वर्लीमा रहेको बास्टियन चेनको त्यो रेस्टुरेन्टको उद्घाटन भने भएको छैन। नयाँ व्यवसायका लागि बलिउडकर्मीहरूले शिल्पालाई शुभकामना व्यक्त गरिरहेका छन्। शिल्पा व्यवसायमा सक्रिय छिन्। उनको विभिन्न खाद्य सम्बन्धी व्यसायमा संलग्नता छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell