PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

कोभिड-१९ अपडेट: १०२४ जनामा संक्रमण पुष्टि हुँदा २२०६ संक्रमणमुक्त, १० जनाको मृत्यु



पहिलोपोस्ट

कोभिड-१९ अपडेट: १०२४ जनामा संक्रमण पुष्टि हुँदा २२०६ संक्रमणमुक्त, १० जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप एक हजार २४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ।

त्यस्तै थप १० जना कोभिड-१९ संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा जनाएको छ। योसँगै नेपालमा एक हजार ५७७ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा थप दुई हजार २०६ जना संक्रमित संक्रमण मुक्त भएका छन्। योसँगै संक्रमण मुक्त हुनेको संख्या दुई लाख २४ हजार ५३ पुगेको छ। हाल नेपालमा १४ हजार २५५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell