PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आकाशबाट आँखा वरिपरि हिमालै हिमाल : पर्यटनलाई गति दिन माउन्टेन फ्लाइट सुरु

आकाशबाट आँखा वरिपरि हिमालै हिमाल : पर्यटनलाई गति दिन माउन्टेन फ्लाइट सुरु

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : उत्तरी नेपालका हिमाली श्रृङ्खला जो कसैका लागि पनि कम्तिको आकर्षणको विषय होइन। हिमाललाई नजिकबाट नियाल्न आउने पर्यटकमात्र होइन, हवाइ यात्राबाट गन्तव्य नापिरहेका मानिसको ध्यान पनि यिनै चुचुराहरुले खिचिरहेको हुन्छ।

नेपालको पर्यटनको एउटा बलियो आधार हो हिमाल। तर यतिखेर पर्यटकीय गतिविधि ठप्प छ। कोरोना भाइरसका कारण घुम्न आउने मानिसहरु छैनन्। हिमाललाई आफ्नै आँखाले नजिकबाट हेर्न चाहने तर हिमाल नजिक नै चाहिँ पुग्न नसक्ने र नभ्याउनेहरुका लागि हो - माउन्टेन फ्लाइट। आकाशबाट हिमालको दृष्यावलोकन गर्न चाहनेका लागि पनि माउन्टेन फ्लाइन गजबको विकल्प हो।

अन्य पर्यटकीय क्षेत्रजस्तै माउन्टेन फ्लाइट पनि यसबीचमा ठप्प भयो। मानिसको गतिविधि नै ठप्प हुँदा विमान सेवा संचालन होस् पनि कसरी? तर जसै हवाइ सेवा सुरु भएको छ, त्यही रफ्तारमा माउन्टेन फ्लाइट भने सुरु भएन। ढिलै सहि अब हिमाललाई नजिकबाट हेर्न चाहनेको रहर रोकिने छैन। नेपाली हवाइ सेवा प्रदायकहरुले माउन्टेन फ्लाइट खुला गरिसकेका छन्, विशेष अफर सहित।

हिमालको नजिकैबाट विमान उडाउँदै, हिमाल चिनाउँदै गरिने माउन्टेन फ्लाइट एक घन्टाको हुने गर्छ। सगरमाथासहितका हिमाली श्रृङ्खला हेरेर रमाउन चाहनेका लागि अहिले गजब मौसम पनि हो। हेर्नुस् फोटो :



ट्रेन्डिङ पोस्ट

Ncell