PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेकपाका दुई अध्यक्षको प्रस्तावमाथि भोलि नै स्थायी कमिटीमा छलफल



पहिलोपोस्ट

नेकपाका दुई अध्यक्षको प्रस्तावमाथि भोलि नै स्थायी कमिटीमा छलफल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिवारको सचिवालय बैठकले पार्टीमा देखिएको संकट समाधान स्थायी कमिटीको बैठक मार्फत् निकाल्ने निर्णय गरेको छ।

दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच 'वान अन वान', त्यसपछि चार घण्टासम्म चलेको सचिवालयको बैठकले कुनै निष्कर्ष निकाल्न सकेन।

'पार्टीको संकट निवारणका लागि अहिलेसम्म प्रस्तुत प्रतिवेदनहरु स्थायी कमिटीमा छलफल गरेर अघि बढ्ने कुरा भएको छ,' पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।  

स्थायी कमिटीको बैठक पूर्व निर्धारित कार्यसूची अनुसार आइतवार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमै बस्ने निश्चित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

दुई अध्यक्षबीच आज भएको छलफलमा कुनै सहमति नभएको उनले जानकारी दिए।

'उहाहरुको बिचमा आज छलफल भयो। छलफल पार्टीको समस्या र समाधानमा केन्द्रित थियो। तर, आजैको छलफलले कुनै निष्कर्ष निकाल्न सम्भव पनि थिएन र निस्किसकेको छैन्,' उनले भने, 'तर, अध्यक्ष कमरेडहरुको बिचमा छलफलको प्रक्रिया पनि बढ्ने छ। आवश्यकता पर्‍यो भने स्थायी कमिटीको बिचमा पनि पार्टीका नेताहरुको बिचमा र सचिवालयको औपचारिक र अनौपचारिक छलफल हुन्छन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell