PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

५० करोडको जग्गा हत्याउने प्रकरणमा व्यवसायी गिरधारीलाल अग्रवाल पक्राउ



राधेश्याम पटेल

५० करोडको जग्गा हत्याउने प्रकरणमा व्यवसायी गिरधारीलाल अग्रवाल पक्राउ

वीरगंज : भूमि सुधार तथा मालपोत कार्यालय पर्साबाट किर्ते कागजातका आधारमा वीरगंज-५ मेनरोडस्थित होटल मकालुअगाडिको ५० करोड मूल्य बराबररको जग्गा बिक्री प्रकरणमा पर्सा प्रहरीले गिरधारीलाल अग्रवाललाई बिहीवार पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-१ बस्ने गोपाल राजभण्डारीकी पत्नी कमला राजभण्डारीको नाममा रहेको वीरगंज महानगरपालिका-५ कित्ता नम्बर ७१ को ३२५ वर्गमिटर, कित्ता नम्बर ३ को १२७३.८ वर्गमिटर, कित्ता नम्बर १८६ को १०३.४ वर्गमिटर र कित्ता नम्बर १४३ को ८६.१० वर्गमिटर जग्गा २०७६ फागुन १२ गते मालपोत कार्यालय पर्साले मुकेश राजभण्डारीको नाममा नामसारी गरेको थियो। कमला राजभण्डारीको नक्कली छोरा बनेर मुकेशले मालपोतका कर्मचारीको सेटिङमा जग्गा नामसारी गराएपछि यो घटना सार्वजनिक भएको थियो।

किर्ते जालसाज ठहर भएपछि तत्कालिन मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत तारानाथ दङ्गालले साउन ४ गते जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउदै पत्राचार गरेका थिए र प्रशासनले किर्ते जालसाजको मुद्दा प्रहरीबाट अनुसन्धान गराएको थियो।

प्रहरीले घटना सम्बन्धमा सर्वप्रथम मुकेश राजभण्डारी भन्ने केवलप्रताप राणालाई केन्द्रीय अनुसन्धान ब्युरोमार्फत गत असोजमा पक्राउ गरेको थियो। राणा किर्ते जग्गा प्रकरणका मुख्य नाइके हुन्। उनले गिरधारीलाल अग्रवालसँगको संलग्नतामा सो कार्य गरेको पुष्टि भएपछि प्रहरीले बिहीवार अग्रवाललाई पक्राउ गरेको हो।

प्रहरीले घटनाका सम्बन्धमा सर्वप्रथम राणालाई पक्राउ गरेको थियो भने मंसिर १६ गते लेखनदास बारा जिल्लाका प्रमेश साह र वीरगंज–१५ लक्ष्मणवाका अमर साह कानूलाई पक्राउ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell