PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

लिड्स युनाइटेडलाई हराउँदै चेल्सी शीर्षस्थानमा



पहिलोपोस्ट

लिड्स युनाइटेडलाई हराउँदै चेल्सी शीर्षस्थानमा

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिड्स युनाइटेडलाई हराउँदै चेल्सी शीर्षस्थानमा पुगेको छ। स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले लिड्समाथि ३-१ गोलअन्तरले जित निकालेको हो।

खेलको ४ मिनेटमै लिड्सले खेलमा अग्रता बनाएको थियो। तर घरेलु टोलीका लागि ओलिभिए जिरुले २७ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याउँदा पहिलो हाफ १-१ को बराबरी टुंगियो।

दोस्रो हाफमा म्यासन माउन्टको पासमा गोल गर्दै कुर्ट जोउमाले चेल्सीलाई अग्रता दिलाए। उनले खेलको ६१ औं मिनेटमा गोल गरेका थिए। त्यस्तै खेलको अतिरिक्त समयमा क्रिस्टियन पुलिसिकले गोल गर्दा चेल्सीले ३-१ गोलअन्तरले पुनरागमन जित निकाल्न सक्यो। महामारीपछि केही फुकुवा भएसँगै स्टेडियममा २ हजार जना दर्शकलाई प्रवेशका लागि अनुमती दिइएको थियो।

जितसँगै चेल्सी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। शीर्ष स्थानमा पुगेको चेल्सीले ११ खेलबाट २२ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको टोटेनहमले १० खेलबाट २१ अंक बनाएको छ। त्यस्तै समान २१ अंकसहित लिभरपुल तालिकाको तेस्रो स्थानमा छ। त्यस्तै चेल्सीसँग पराजय ब्यहोरेको लिड्स १४ अंकसहित १३ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell