PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

म्यानचेस्टर युनाइटेडको सहज जित



पहिलोपोस्ट

म्यानचेस्टर युनाइटेडको सहज जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानेचेस्टर युनाइटेडले वेस्टहम युनाइटेडमाथि सहज जित निकालेको छ। लण्डन स्टेडियममा भएको खेलमा म्यानचेस्टरले घरेलु टोलीमाथि ३-१ गोलअन्तरले पुनरागमन जित निकालेको हो।

खेलमा वेस्टहमले अग्रता बनाएको थियो। खेलको ३८ औं मिनेटमा टोमस सौसेकले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा वेस्टहम एक गोलले अघि रह्यो।

दोस्रो हाफमा युनाइटेडले उत्कृष्ट पुनरागमन गर्न सक्यो। ६५ औं मिनेटमा पउल पोग्बाको गोलमा बराबरीमा आएको म्यानचेस्टरले १३ मिनेट भित्रै ३ गोल गर्दे खेल आफ्नो पक्षमा पार्‍यो। खेलको ६८ औं मिनेटमा म्यासन ग्रीनउड र ७८ औं मिनेटमा मार्कस रासफोर्डले गोल गर्दा म्यानचेस्टर युनाइटेडले खेल आफ्नो पक्षमा पार्‍यो।

जितसँगै १० खेलबाट १९ अंक जोडेको युनाइटेड अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ। त्यस्तै वेस्टहम १७ अंकजोड्दै तालिकाको सातौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell