PahiloPost

Nov 25, 2024 | १० मंसिर २०८१

ओली बिनै सुरु भयो नेकपा स्थायी कमिटी बैठक



प्रकाश भण्डारी

ओली बिनै सुरु भयो नेकपा स्थायी कमिटी बैठक

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ।

१ बजेका लागि बोलाइएको बैठक साढे १ बजे सुरु हुँदा पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएका छैनन्। उनी बालुवाटारमै रहेका छन्।

बैठकमा सहभागी एक नेताले प्रधानमन्त्री उपस्थित नहुने जानकारी गराएका छन्। बैठकलाई पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अध्यक्षता गरिरहेका छन्। बैठकमा प्रधानमन्त्री ओली बाहेक सचिवालयका ८ जना जना नेता सहभागी छन्।

पार्टीभित्र देखिएको विवाद टुंग्याउन तथा सचिवालयमा दुई अध्यक्षले पेश गरेको फरक फरक प्रतिवेदनमाथि छलफलका लागि स्थायी कमिटीको बैठक बोलाइएको हो।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री बैठकमा सहभागी हुने कुनै कार्यक्रम नरहेको जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell