PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

संकट समाधानका लागि नेकपा स्थायी कमिटीमा छलफल सुरु, पार्टी सधैं अनिर्णयको बन्दी नबन्ने नेता रावलको भनाइ



प्रकाश भण्डारी

संकट समाधानका लागि नेकपा स्थायी कमिटीमा छलफल सुरु, पार्टी सधैं अनिर्णयको बन्दी नबन्ने नेता रावलको भनाइ

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा दुई अध्यक्षले सचिवालयमा पेश गरेको फरक/फरक प्रस्ताव माथि छलफल सुरु भएको छ। 

आज पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा नेकपाका एक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागि भएनन्। उनले पत्र मार्फत स्थायी कमिटीका सदस्यहरुलाई सम्बोधन गरेका थिए। 

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अध्यक्षतामा बसेको बैठकमा पार्टी भित्र देखिएको संकट समाधानका विषयमा छलफल सुरु भएको नेकपाका स्थायी कमिटीका सदस्य भीम रावलले जानकारी दिए। 

'पार्टी अनिर्णयको बन्दी हुँदैन। पार्टीको विधान अनुसार बैठकले निर्णय गर्छ,' उनले भने, 'त्यही अनुसार छलफल अगाडि बढेको छ।' उनले बैठकमा प्रधानमन्त्री ओली सहभागि नभएको भन्न नमिल्नेसमेत तर्क गरे। 'उहाँले स्थायी कमिटीका सदस्यहरुलाई नै सम्बोधन गरेर पत्र पठाइसकेपछि उहाँ सहभागि नभएको भन्न मिल्दैन,' रावलले भने, 'यसबीच सात दिनका लागि बैठक स्थगित भएको छ। यो समय भनेको उहाँहरुलाई सहमतिका लागि दिइएको हो। अब पार्टी सँधै अनिर्णयको बन्दी बनेर बस्दैन। अबको बैठकमा निर्णय हुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell