PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

१७५२ संक्रमण मुक्त हुँदा १०९६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि १७ जनाको मृत्यु



पहिलोपोस्ट

१७५२ संक्रमण मुक्त हुँदा १०९६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि १७ जनाको मृत्यु

काठमाडौं : नेपालमा थप एक हजार ९६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथ्यांक अनुसार एक हजार ९६ जना संक्रमित पहिचान भएका हुन्। योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ४० हजार ९८१ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप एक हजार ७५२ जना संक्रमित संक्रमण मुक्त भएका छन्। योसँगै संक्रमण मुक्त हुनेको संख्या दुई लाख २५ हजार ८०५ पुगेको छ।

मन्त्रालयले थप १७ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ। योसँगै नेपालमा कोभिड-१९ को कारण मृत्यु हुनेको संख्या एक हजार ५९४ पुगेको छ। हाल नेपालमा १३ हजार ५८२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell