PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

खेलको नियम बदलेको ओलीको आरोपमा प्रचण्डको जवाफ : यो कमरेडको पुरानै नियत हो



पहिलोपोस्ट

खेलको नियम बदलेको ओलीको आरोपमा प्रचण्डको जवाफ : यो कमरेडको पुरानै नियत हो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतवारको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन अघि कुनै पद नछोड्ने सन्देश दिए। आफू निकट नेता ईश्वर पोखरमार्फत पठाएको पत्रमा आफू किन बैठकमा सहभागी नभएको भन्नेबारे उल्लेख गरिएको छ।

पत्रमा उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खेलको अन्त्यतिर नियम बदलेर अनैतिक काम गरेको आरोप लगाएका छन्। उनले प्रचण्डले विभाजनकारी काम गरेको समेत आरोप लगाएका छन्।

‘खेलको उत्तरार्द्धमा आएर केही कमरेडहरु ‘खेलको नियम’ नै बदल्न लाग्नु हुने छ र ‘जसरी पनि जित्ने’ महत्वाकाङ्क्षाका निम्ति जुनसुकै हदसम्म जान तयार हुनु हुने छ। खेलको अन्तिमतिर आएर गर्न खोजिएको यो नियम परिवर्तन नैतिकता र राजनीतिक दृष्टिले गलत मात्रै होइन, विभाजनकारी समेत छ भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु,’ उनले भनेका छन्।

स्थायी कमिटी बैठकमा प्रचण्डले ओलीको पत्रबारे खासै टिप्पणी गरेनन्। बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले पार्टीको पछिल्लो अवस्थाका बारेमा बैठकमा आफ्नो धारणा राखेका थिए। ओलीको पत्रका बारेमा प्रचण्डले संक्षिप्तमा ओलीको पुरानै नियत भएको आरोप लगाएका थिए।

‘पार्टीको अहिलेको परिस्थितिका बारेमा बोल्नुभो। उहाँ आज त्यस्तो तनावको अवस्थामा हुनुहुन्नथ्यो। उहाँ एकदमै कुल भएर आफ्नो धारणा राख्नु भो’, ति नेताले भने, ‘सच्चिनु हुन्न कमरेडको यो पुरानै नियत हो।’

बैठकलाई महासचिव विष्णु पौडेलले तीन दिन मात्रै सार्नुपर्ने धारणा राखेका थिए। तर, प्रचण्डले छलफलका लागि समय नपुग्ने भन्दै एक हप्ताको समय दिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell