PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

आर्सनललाई हराउँदै टोटेनहम शीर्षस्थानमा



पहिलोपोस्ट

आर्सनललाई हराउँदै टोटेनहम शीर्षस्थानमा

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनललाई हराउँदै टोटेनहम फेरि शीर्ष स्थानमा उक्लिएको छ। टोटेनहमहट्स्पर स्टेडियममा भएको खेलमा घरेलु टोलीले आर्सनललाई २-० ले हराएको हो।

खेलको १४ औं मिनेटमा ह्यारी केनको पासमा गोल गर्दै सन ह्युङ मिनले घरेलु टोलीलाई अग्रता दिलाए। त्यस्तै पहिलो हाफको अतिरिक्त समयमा सनकै पासमा ह्यारी केनले गोल थपे। र, पहिलो हाफमै टोटेनहम दुई गोलले अघि रह्यो। दोस्रो हाफमा दुबै पक्षबाट गोल नहुँदा टोटेनहमले जित निकाल्दै शीर्षस्थानमा उक्लिन सफल भयो।

शीर्ष दुईमा रहेका टोटेनहम र लिभरपुलको दुई खेलबाट समान २४ अंक छ। त्यस्तै ११ खेलबाट १५ अंक जोडेको आर्सनले तालिकाको १५ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell