PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

'मौलिक कथामा जीवन्त अभिनय' नारासहित ‘कथाकुथुङ्ग्री च्याम्पियन’का लागि अडिसन खुल्ला



पहिलोपोस्ट

'मौलिक कथामा जीवन्त अभिनय' नारासहित ‘कथाकुथुङ्ग्री च्याम्पियन’का लागि अडिसन खुल्ला

काठमाडौं : मौलिक कथामाथि जीवन्त अभिनय  भन्ने नारासहित पहिलो ‘रियालिटी शो’ कथाकुथुङ्ग्री च्याम्पियनका लागि अडिसन खुल्ला गरिएको छ। सूचना चौतारी सञ्चार सहकारी संस्थाको आयोजनामा उक्त रियालिटी शो हुन लागेको हो।

पहिलो चरणमा सातै प्रदेशका सहभागीको अनलाइन अडिसन लिइँदैछ। त्यसका लागि अनलाइनमाध्यमबाट फारम भर्नु पर्नेछ। राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष एवम् प्रमुख अतिथि दक्ष पौडेलले देशका कुनाकाप्चामा लुकेर बसेका कलासंस्कृतिलाई जगेर्ना गर्नका लागि कथाकुथुङ्ग्री च्याम्पियन महत्वपूर्ण साबित हुने बताए।
कार्यक्रममा नाट्य निर्देशक एवम् विशिष्ट अतिथि विमल सुवेदीले अहिलेको अवस्थामा कथाकुथुङ्ग्री च्याम्पियन ‘रियालिटि शो’ समयको माग भएको बताउँदै यसलाई प्रभावकारी बनाउन सबै नाट्य समूहलगायत कला प्रेमी एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।


विश्वभर कोभिड-१९ ले जनजीवनलाई प्रभावित पारेको विषम परिस्थितिलाई मध्यनजर गर्दै अभिनय कलामा रुचि राख्ने व्यक्तिहरुलाई स्टोरी टेलिङ (कथावाचन) मार्फत् कला प्रस्तुत गर्ने मञ्च निर्माण गरिएको कार्यक्रम संयोजक चन्द्रप्रसाद पाण्डेले बताए। त्यस्तै सहभागीहरूलाई अनलाइन अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गर्ने तयारी रहेको पाण्डेले जानकारी दिए। उनले कोरोना कालमा बन्द रहेको रंगमञ्च, चलचित्र क्षेत्रकालागि वैकल्पिक मञ्चको रुपमा कथा कुथुङ्ग्री च्याम्पियन शुरु भएको बताए।


विभिन्न चरण पार गर्दै प्रतिस्पर्धाबाट छनोट भएका उत्कृष्ट सहभागीमध्य प्रथम हुनेलाई दुई लाख, द्वितीयकालागि एक लाख पचास हजार र तृतीय हुनेलाई पचास हजार नगदसहित अन्य आकर्षक पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष विपिन शर्माले जानकारी दिए।


कथाकुथुङ्ग्री च्याम्पियनमा निर्णायकका रुपमा कलाकार लक्ष्मी गिरी, रंगकर्मीद्वय आर.के. मेहता र सरिता साह रहनेछन्।

कथा कुथुङ्ग्री च्याम्पियनमा सहभागीहुन चाहनेहरूले यहाँ रहेको अनलाइन फारम भर्नुपर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell