PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

अमेरिकी राष्ट्रपति ट्र्म्पका निजी वकिल ज्युलयानीलाई पनि कोरोना!



पहिलोपोस्ट

अमेरिकी राष्ट्रपति ट्र्म्पका निजी वकिल ज्युलयानीलाई पनि कोरोना!

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निजी वकिल रुडी ज्युलयानीलाई कोरोना भाइरस संक्रमण भएको छ। ट्रम्प आफैँले ट्विट गर्दै यसको जानकारी गराएका हुन्।

ट्रम्पले ट्विटमा लेखेका छन् : 'छिट्टै निको हुनु, हामी जारी रहने छौं।'

ज्युलयानी तिनै हुन् जसले ट्रम्पको चुनावी मुद्दा लडिरहेका छन्। सन् २०२० को निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जोय बाइडेनले जित हासिल गरिसकेका छन्। तर, उनलाई ह्वाइट हाउस प्रवेश रोक लगाउन ट्रम्पले आफ्नै सबै शक्तिको प्रयोग गरिरहेका छन्। निर्वाचनमा धाधली भएको भन्दै कानुनी बाटो रोजेका ट्रम्पका लागि ज्युलयानीले सहयोग गर्दै आएका छन्।

ट्रम्पको भित्री समूहका सदस्यमध्ये कोभिड १९ संक्रमित हुने उनी पछिल्ला व्यक्ति हुन्। 

राष्ट्रपति ट्रम्प र उनको टिमलाई कोभिड १९ मा असुरक्षित हिसाबले काम गरेको आरोप लाग्दै आएको छ।

ज्युलयानीलाई वासिङ्टनमा रहेको मेडस्टार जर्जटाउन युनिभर्सिटी हस्पिटल लगिएको अमेरिकी मिडियाहरुले जनाएका छन्। उनी ७६ वर्षका हुन्।

ज्युलयानी न्युयोर्कका पूर्व मेयरसमेत हुन् जसले आफूलाई कोभिड १९ भएको सार्वजनिक गरेका छैनन् तर उनको ट्विटर अकाउन्टबाट शुभेच्छुकलाई धन्यवाद ज्ञापन गरिएको छ।

ह्वाइट हाउसमै कार्यरत उनका छोरा एन्ड्र्युले आफ्ना बाबुको उपचार भइरहेको र अवस्था सुधार रहेको जनाएका छन्। 
अमेरिकामा १ करोड ४६ लाख मानिस कोभिड १९ बाट संक्रमित भएका छन्। २ लाख ८१ हजार २ सय ३४ जना मानिसको मृत्यु भइसकेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell