PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

भारतमा किसान आन्दोलनको समर्थनमा पञ्जाबका खेलाडीले अवार्ड फिर्ता गर्दै



पहिलोपोस्ट

भारतमा किसान आन्दोलनको समर्थनमा पञ्जाबका खेलाडीले अवार्ड फिर्ता गर्दै

तीनवटा नयाँ कृषि कानून फिर्ता गर्नुपर्ने माग राख्दै किसानहरुले भारतमा आन्दोलन सुरु गरेको आज १२ औं दिन भयो। यो आन्दोलनमा पञ्जाब, हरियाणा लगायत विदेशबाट पनि समर्थन मिलिरहेको छ। यही आन्दोलनलाई समर्थन गर्दै पञ्जाबका खेलाडीहरुले आज आफ्नो अवार्डहरु फिर्ता गर्ने भएका छन्।

पद्मश्री र अर्जुन अवार्ड जितेका कुस्तीका खेलाडी करतार सिंहले आफूले किसान आन्दोलनमा समर्थन जनाउँदै अवार्डहरु राष्ट्रपति रामनाथ कोविन्दलाई फिर्ता गर्ने जानकारी दिए।

कुनकुन खेलाडीले कुन कुन अवार्ड फिर्ता गर्दै छन्?

बिंजेन्द्र सिंह (बक्सिङ) - खेल रत्न

गुरबख्त सिंह सधु (बक्सिङ)- द्रोणाचार्य अवार्ड

करतार सिंह (कुस्ती)- पद्मश्री, अर्जुन अवार्ड

सज्जन सिंह चिमा (बास्केटबल)- अर्जुन अवार्ड

रामबीर कौर (हकी) - अर्जुन अवार्ड

किसान आन्दोलनका क्रममा प्रहरीले दमन गरेका तस्विरहरु आएपछि केन्द्रमा रहेको मोदी सरकारको आलोचना भइरहेको छ। यसबीच हजारौं किसानहरु दिल्लीको सीमा आएर सरकारलाई कानून फिर्ता लिन दबाब दिइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell