PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

बैंकको एटीएम बुथ फुटाउँदै गर्दा कोटेश्वरबाट एक युवक पक्राउ



पहिलोपोस्ट

बैंकको एटीएम बुथ फुटाउँदै गर्दा कोटेश्वरबाट एक युवक पक्राउ

काठमाडौं : प्रहरीले बैंकको एटीएम बुथ फुटाइरहेको अवस्थामा एक जनालाई नियन्त्रणमा लिएको छ। 

आइतवार राति कोटेश्वर मुनिभैरव नजिकै रहेको एनआइसी एशिया बैंकको मेसिन फूटाइरहेको अवस्थामा नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत नयाँ बानेश्वरका डिएसपी दक्षबहादुर बस्नेतले जानकारी दिए।

प्रहरीले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका १८ वर्षीय अनिल तामाङलाई नियन्त्रणमा लिएको हो। तामाङले एटीएमबाट रकम भने झिकिसकेका थिएनन्। घटनाकाो थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell