PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

साइन्स फिक्सन फिल्‍ममा अक्षय कुमारको 'डबल रोल'



पहिलोपोस्ट

साइन्स फिक्सन फिल्‍ममा अक्षय कुमारको 'डबल रोल'

कमेडीदेखि सामाजिक मुद्दामाथि बनेका फिल्‍मबाट दर्शकको मन जितेका छन् बलिउड अभिनेता अक्षय कुमारले। उनले फेरि एकपट साइन्स फिक्सनमा अभिनय गर्ने भएका छन्। उक्त फिल्ममा अक्षको दोहोरो भूमिका रहनेछ।

मिसन मंगल निर्देशक जगन शक्तिसँग पुन: सहकार्य गर्न लागेका हुन्। बलिउड हंगामाका अनुसार फिल्मको शीर्षक भने तय भइसकेको छैन। सन्‍ २०२१ मै छायाँकनका लागि फ्लोरमा निस्कने फिल्म २०२२ मा सार्वजनिक हुनेछ।

यसअघि साइन्स फिक्सन 'रोबोट २.०' र 'एक्सन रिप्ले'मा अक्षयको अभिनय रहेको थियो। फिल्महरू 'अफ्लाटुन', 'जय किसन',  'रावडी राथोड'मा उनले दोहोरो भूमिका निर्वाह गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell