PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

एक हजार १४ जना संक्रमित थपिए, कोभिड-१९ का कारण २० जनाको मृत्यु



पहिलोपोस्ट

एक हजार १४ जना संक्रमित थपिए, कोभिड-१९ का कारण २० जनाको मृत्यु

काठमाडौं : नेपालमा थप एक हजार १४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्यावधिक विवरण अनुसार योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संखया दुई लाख ४१ हजार ९९५ पुगेको छ।

त्यस्तै थप २० जना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या एक हजार ६१४ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप एक हजार ६२८ जना कोभिड-१९ संक्रमित संक्रमण मुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुने संक्रमितको संख्या दुई लाख २७ हजार ४३३ पुगेको छ।

हाल नेपालमा १२ हजार ९४८ जना संक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell