PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

रुखबाट लडेर प्युठानमा एक जनाको मृत्यु



रासस

रुखबाट लडेर प्युठानमा एक जनाको मृत्यु

झिमरुक : प्युठानमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ। घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका प्युठान नगरपालिका-१० बडहराका ३७ वर्षीय राजु केएमको सोमवार मृत्यु भएको हो।

घर नजिकै पिपलको बोटबाट घाँस खसाल्ने क्रममा लडेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्युठान अस्पताल बिजुवार लैजाँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell