PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

प्रत्येक वर्ष देशभर ६ सय भन्दा बढी मानिसको हत्या



पहिलोपोस्ट

प्रत्येक वर्ष देशभर ६ सय भन्दा बढी मानिसको हत्या

काठमाडौंः नेपालमा प्रत्येक बर्ष ६ सय जना मानिसको हत्या हुने गरेको छ।

नेपाल प्रहरीको पछिल्लो तीन वर्षको तथ्याङक अनुसार प्रत्येक बर्ष ६ सय जना भन्दाबढीको हत्या भएको देखिन्छ। आर्थिक वर्ष २०७४/७५ मा देशभर ६ सय २८ जनाको हत्या भएको प्रहरीले जानकारी दिएको छ। आर्थिक वर्ष २०७५/७६ मा यो सङख्या झनै बढेको देखिन्छ। त्यो आर्थिक वर्षमा ६ सय ५९ जनाको हत्या भएको छ।

आर्थिक वर्ष २०७६/७७ मा भने हत्यामा कमी आएको छ। यो आर्थिक वर्षमा ५ सय ५५ जनाको हत्या भएको प्रहरीले जानकारी दिएको छ। सबैभन्दा धेरै प्रेदश नम्वर १ मा १ सय १३ जनाको हत्या भएको छ। सबैभन्दा कम कर्णाली प्रदेशमा २७ जनाको हत्या भएको देखिन्छ।
यो तीन आर्थिक वर्षमा काठमाडौं उपत्यकाभित्र १ सय ४८ जनाको हत्या भएको देखिएको छ। प्रहरीको अनुसार पछिल्लो समय  हत्याको मुख्य कारण आवेग, आर्थिक र सामाजिक कारण भएको जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell