PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

आज मेस्सी र रोनाल्डो आमनेसामने हुँदै



पहिलोपोस्ट

आज मेस्सी र रोनाल्डो आमनेसामने हुँदै
Photo: Getty Images

युईएफए च्याम्पियन्स लिग अन्तर्गत आजराति हुने समूह 'जी' अन्तर्गतको खेलमा आज बार्सिलोना र युभेन्टस आमनेसामने हुँदैछन्। क्याम्प नाउमा हुने खेलमा घरेलु टोली बार्सिलोनाका स्टार लियोनल मेस्सी र युभेन्टसका स्टार किस्टियानो रोनाल्डो आमनेसामने हुनेछन्।

यसअघि पनि युभेन्टसको घरेलु मैदानमा यी दुई टोलीबीच प्रतिस्पर्धा भए पनि रोनाल्डो उक्त खेलमा कोरोना संक्रमणका कारण सहभागी थिएनन्। उक्त खेलमा बार्सिलोनाले २-० गोलअन्तरले जित निकालेको थियो।

समूह जी बाट यी दुबै टोलीले अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेका छन्। समूहमा बार्सिलोना १५ अंकसहित शीर्षस्थानमा छ भने युभेन्टस १२ अंकसहित दोस्रो स्थानमा छ। यसअघि मेस्सी र रोनाल्डो सन् २०१८ मा आमनेसामने भएका थिए। त्यतिबेला रोनाल्डो स्पेनिस क्लब रियल मड्रिडमा थिए।

खेल भरे राति पौने २ बजे सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell