PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

मन्त्रिपरिषद्लगत्तै बालुवाटारमा सर्वदलीय बैठक : यस्ता छन् एजेण्डा



पहिलोपोस्ट

मन्त्रिपरिषद्लगत्तै बालुवाटारमा सर्वदलीय बैठक : यस्ता छन् एजेण्डा

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठक सुरु भएको छ।

संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुलाई ओलीले बालुवाटारमा बोलाएका हुन्। बैठक केहीबेर अघिदेखि जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बालुवाटारमा जारी बैठकमा समसामयीक राजनीतिक घटनाक्रमका विषयमा छलफल भइरहेको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक बिवाद बढिरहेका बेला ओलीले सर्वदलीय बैठक बोलाएका हुन्।

राजावादीहरुले देशका विभिन्न भागमा प्रदर्शन गरिरहेकाले त्यसबारेमा पनि बैठकमा छलफल हुने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

सर्वदलीय बैठक अघि बालुवाटारमा प्रधामन्त्रीले मन्त्रीपरिषदको बैठक बोलाएका थिए। सोमबारको नियमित बैठक बस्न नसकेकाले मंगलवार विहान बैठक बसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell